थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
नारायणीमा थप ९ शव भेटिए
नारायणीमा थप ९ शव भेटिए
थाङमिचागु डटकम संवाददाता

३१ असार, चितवन । नारायणी नदीमा सोमबार थप ९ शव भएका छन्
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार विनयी त्रिवेणीस्थित गण्डक ब्यारेजको पुल आसपास ६ वटा शव भेटिएका हुन् । त्यस्तै सुस्ता ४ मा एउटा, भरतपुर सिसुवारमा एउटा र मध्यविन्दु भुताहामा एउटा शव फेला परेको हो ।
आज भेटिएका ९ मध्ये एउटा शवको सनाखत भएको छ भने एउटाको पहिचान मात्रै भएको छ । सुदिप विकको शव उनका बुबाले सनाखत गरेका हुन् भने पहिचान भएको फिरोज राहुप मियाको परिवारले सनाखत गर्न बाँकी छ ।
उनीहरू दुवै शुक्रबार भएको सिमलताल बस दुर्घटनाका बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । अन्य पनि सोही दुर्घटनाका बेपत्ताहरू हुन सक्ने जनाइएको छ ।
सिमतालको पहिरोमा परी गत शुक्रबार दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । जसमा ६५ यात्रु भएको पुष्टि भएको छ । हालसम्म १४ शव फेला परे पनि ७ वटाको मात्रै सनाखत भएको छ ।
बसमा रहेकामध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए ।




