भोटेकोशीमा दोलखाका एकको मृत्यु, एक बेपत्ता र ७ जना सम्पर्कमा ।।।
2026-08-26बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको छलफल !!!
2026-08-26
Wednesday, August 26, 2026
भोजपुरमा ६० मिटर भासियो पक्की सडक
भोजपुरमा ६० मिटर भासियो पक्की सडक
थाङमिचागु डटकम संवाददाता

अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ।
भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो।
कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताए। उक्त स्थानमा आज बिहान सडक भासिएको हो।
‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ,’ उपाध्यक्ष राईले भने, ‘सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ।’





