थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
रुपन्देहीमा पत्रकारमाथि कुटपिट
रुपन्देहीमा पत्रकारमाथि कुटपिट
थाङमिचागु डटकम संवाददाता

२५ असार,बुटवल। रुपन्देहीको सैनामैनामा एक जना पत्रकारमाथि कुटपिट भएको छ ।
सैनामैनाको मलमला एफ.एमका स्टेशन म्यानेजर टिकाराम खरेललाई सैनामैना नमुना माध्यमिक विद्यालयका सुरक्षा गार्ड छविलाल शर्माले विद्यालय परिसरमै कुटपिट गरेका हुन् । खरेल प्रेस चौतारी रुपन्देहीका सचिवालय सदस्य हुन् ।
कुटपिटपछि घाइते पत्रकार खरेलले दोषीमाथि कारबाहीका लागि इलाका प्रहरी कार्यालय रन्यौरामा लिखित उजुरी दिएका छन् ।
प्रधानाध्यापक नेत्रलाल पुरीले लुम्विनी प्रदेश सरकार, नमुना विद्यालय अनुदान र विद्यालयको स्रोतमा ९९ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको विद्यालय भवन र विद्यालयको स्वर्ण महोत्सवमा उठेको करिब ५० लाख रुपैयाँको आय व्यय विवरण खरेलले माग गरेका बताए ।
आफू विद्यालयमा नभएको बेलामा खरेल विद्यालय आएपछि सुरक्षा गार्डसँग भनाभन भएर विवाद हुँदा सामान्य धकेलाधकेल भएको बताए ।
इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले दुवै पक्षबाट निवेदन आएको हुनाले घटनाको थप अनुसन्धान भइरहेको बताए ।




