थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
२८ जेठ यता विपद्मा परी ७४ जनाको मृत्यु, ५ बेपत्ता
२८ जेठयता विपद्मा परी ७४ जनाको मृत्यु, ५ बेपत्ता
थाङमिचागु डटकम संवाददाता

२४ असार, काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता प्राकृतिक विपद्मा परी ७४ जनाको मृत्यु भएको छ ।
अविरल वर्षाको कारण जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु र ५ बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
विपद्मा परी कोशी प्रदेशमा १८ जना, मधेशमा ३, बागमतीमा ५, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाको मृत्यु भएको हो ।
प्राकृतिक विपद्मा परी ८८ जना घाइते भएको मन्त्रालयको तथ्यांक छ । ५३ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।
२८ जेठयता विपद्का घटनाबाट २ हजार २९६ घर परिवार विस्थापित भएका छन् ।
यो अवधिमा बाढीको कारण १६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३३५ वटा पशु चौपायाको मृत्यु भएको छ ।




