थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
ढुवानी सवारी धनीलाई अनिवार्य प्यान लिन सरकारको ताकेता
ढुवानी सवारी धनीलाई अनिवार्य प्यान लिन सरकारको ताकेता
थाङमिचागु डटकम संवाददाता

२४ असार, काठमाडौं । सरकारले ढुवानी सेवा दिइरहेका सवारीसाधन धनीलाई अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिन ताकेता गरेको छ ।
आन्तरिक राजस्व विभागले आयकर ऐन अनुसार प्यान लिन अनिवार्य हुने ढुवानी साधन (ट्रक, टिपर र ट्याक्टर) धनीमध्ये कतिपयले अझै पनि प्यान नलिएको भन्दै यथाशीघ्र यस्तो नम्बर लिएरमात्र कारोबार गर्न ताकेका गरेको हो ।
कानुन उल्लंघन गरी प्यान नलिएको पाइए कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ । सरकारले यसअघि मालवाहक सवारीसाधन धनीले अनिवार्य प्यान लिनुपर्ने व्यवस्था गरेको थियो ।
स्वयम् सवारीसाधन चलाइरहेका वा अर्को व्यक्ति वा संस्थालाई भाडामा चलाउन दिएका व्यक्तिले समेत प्यानमा दर्ता हुनुपर्ने विभागले स्पष्ट पारेको छ




