सिन्धुलीमा बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

0Shares

सिन्धुलीमा बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

थाङमिचागु डटकम संवाददाता

२२ असार, काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ ।

पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *