राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
छात्रालाई सेनिटरी प्याड माग गर्दै बुटवल उपमहानगर घेराउ
छात्रालाई सेनिटरी प्याड माग गर्दै बुटवल उपमहानगर घेराउ
थाङमिचागु डटकम संवाददाता

२१ असार, बुटवल । विद्यालय तहका छात्राहरूलाई निःशुल्क सेनिटरी प्याडको माग गर्दै नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादी रुपन्देहीले बुटवल उपमहानगरपालिका कार्यालय घेराउ गरेको छ ।
नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै नगर प्रमुख खेलराज पाण्डेयलाई भेटेर सेनेटरी प्याडसहित १४ बुँदे ज्ञापनपत्र बुझाए पनि असारसम्म उपलब्ध गराउन बेवास्ता गरेकाले घेराउ गरिएको संगठनले जनाएको छ ।
घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अखिल समाजवादी लुम्बिनी प्रदेश सहइन्चार्ज विष्णु राउतले निजी विद्यालयलाई प्याड उपलब्ध गराउने/नगराउने विवाद झिकेर सामुदायिक विद्यालयका छात्रालाई उपलब्ध नगराइनु गैरजिम्मेवार कार्य भएको बताए ।
स्थानीय तह गैरजिम्मेवार हुँदा संघीय सरकारले उपलब्ध गराउँदै आएको बजेट फ्रिज भएर जाने र छात्राहरूले प्याड प्रयोग गर्न नपाउने अवस्था आएको राउतले दाबी गरेका छन् ।
तत्काल निःशुल्क सेनिटरी प्याडको व्यवस्था नगरे उपमहानगरमा तालाबन्दी गरिने संगठनका रुपन्देही संयोजक पदम सीले चेतावनी दिए ।
उपमहानगर घेराउका क्रममा संगठनले विद्यालय उमेरका छात्राको प्रयोग गरेको छ ।




