७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Saturday, October 17, 2026
पहिरोले घर भत्किँदा जाजरकोटमा एक जना बालकको मृत्यु
पहिरोले घर भत्किँदा जाजरकोटमा एक जना बालकको मृत्यु भएको छ।
थाङमिचागु डटकम संवाददाता

भेरी नगरपालिका–५ ईब्राका ६ बर्षीय बालक प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
सोमबार बिहान घर पछाडिबाट खसेको पहिरोले घर भत्किएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद सापकोटाले बताए।
उनका अनुसार प्रिन्सका बुवा रमेश विक घाइते भएका छन्। घरमा ६ जनाको परिवार रहेको र अरु सकुशल रहेको डिएसपी सापकोटाले बताए।
सोमबार बिहान साढे ५ बजे पहिरोले घर भत्किएको उनले बताए।
मृतकको पोष्टमर्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको छ। घाइतेलाई पनि उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।





