७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Saturday, October 17, 2026
लागुऔषधसहित एकभारतीय पक्राउ
लागुऔषधसहित एकभारतीय पक्राउ
भङमिचागु डटकम संवाददाता

१६ असार, काठमाडौं । झापामा लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य किसनगञ्ज जिल्ला, धनतौला ग्राम पञ्चायतका ३२ वर्षीय तनवीर आलम छन् ।
आलमको साथबाट प्रहरीले ७ ग्राम ब्राउन सुगरसहित ३९ हजार नेपाली रुपैयाँ, २ सय भारतीय नगद र एउटा मोबाइल फोन बरामद गरेको प्रहरीले जनाएको छ ।
शनिबार साँझ करिब साढे ६ बजेको समयमा झापा गाउँपालिका–५, पान्तपाडामा चेकजाँचका क्रममा आलमको साथबाट प्रतिबन्धित लागुऔषध फेला परेको हो । प्रहरीका अनुसार उनी भारतीय नम्बर प्लेट बीआर ३७ एच ९५५५ को मोटरसाइकलमा सवार थिए ।
लागुऔषध लागुऔषधसहित भारतीय पक्राउ





