लागुऔषधसहित एकभारतीय पक्राउ

0Shares

लागुऔषधसहित एकभारतीय पक्राउ

भङमिचागु डटकम संवाददाता

१६ असार, काठमाडौं । झापामा लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य किसनगञ्ज जिल्ला, धनतौला ग्राम पञ्चायतका ३२ वर्षीय तनवीर आलम छन् ।

आलमको साथबाट प्रहरीले ७ ग्राम ब्राउन सुगरसहित ३९ हजार नेपाली रुपैयाँ, २ सय भारतीय नगद र एउटा मोबाइल फोन बरामद गरेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ करिब साढे ६ बजेको समयमा झापा गाउँपालिका–५, पान्तपाडामा चेकजाँचका क्रममा आलमको साथबाट प्रतिबन्धित लागुऔषध फेला परेको हो । प्रहरीका अनुसार उनी भारतीय नम्बर प्लेट बीआर ३७ एच ९५५५ को मोटरसाइकलमा सवार थिए ।

लागुऔषध लागुऔषधसहित भारतीय पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *