७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
बुमराह टी-२० विश्वकप २०२४ का सर्वोत्कृष्ट खेलाडी
बुमराह टी-२० विश्वकप २०२४ का सर्वोत्कृष्ट खेलाडी
थाङमिचागु डटकम संवाददाता

१६ असार, काठमाडौं । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह आईसीसी टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । भारतलाई अपराजित रहँदै च्याम्पियन बनाउन बुमराहले प्रतियोगिताभर सानदार प्रदर्शनका साथ १५ विकेट लिएका थिए ।
बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २-२ विकेट लिएका थिए ।
अफगानिस्तान र पाकिस्तानसँग ३-३ तथा अष्ट्रेलियासँग १ विकेट लिएका थिए । भारतले शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी-२० विश्वकप उपाधि जितेको थियो ।
१७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । अन्तिम ३० बलमा ३० रन चाहिँदाबाट हार्न पुगेको थियो । बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए ।
जस्प्रित बुमराह





