पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गरौं: प्रचण्ड

0Shares

पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गरौं: प्रचण्ड

थाङमिचागु डटकम संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुको निम्ति एकताको आधार पुष्पलाल हुनसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको बताउँदै अन्त गएर केन्द्रित हुन खोजे कम्युनिष्टहरु सबैलाई एक ठाउँमा ल्याउन कठिन रहेकाले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोशिस गर्न आग्रह गरे।

‘हामी अन्त गएर केन्द्रित हुन खोज्यो भने कम्युनिष्ट पार्टी सबैलाई एक ठाउँमा ल्याउन धेरै गाह्रो छ। प्रयास त हामीले गर्‍यौं। ०७४ को निर्वाचनअघि निर्वाचनपछि कम्युनिष्टहरुलाई एकतावद्ध गरेर दुई तिहाई बहुमत ल्याएर समाजवादको आधार निर्माण गर्न सकिन्छ भन्ने मान्यताबाट अघि बढेर एकता त गरियो। तर त्यो एकता टिकाउन सकिएन, टिकेन,’ उनले भने।

उनले पुष्पलालमा केन्द्रित भएर गरिएको एकता दिगो, दर्शन, सिद्धान्त, राजनीतिक उद्देश्य र निष्ठामा आधारित हुने विश्वास व्यक्त गरे।

‘हामीले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोशिस गरौँ। त्यसो गरे त्यो एकता दिगो हुन्छ। किनभने त्यो दर्शनमा, सिद्धान्तमा आधारित हुनसक्छ। निष्ठा र राजनीतिक उद्देश्यमा आधारित हुनसक्छ,’ उनले भने। 

प्रधानमन्त्री दाहालले पुष्पलालको बारेमा पुनः एकपटक अध्ययन हुन, चिन्तनर मनन गर्न आवश्यक रहेको बताए।

उनले दोष जति अरुको थाप्लोमा हालेर आफू दुधले नुहाएको भन्ने प्रवृत्तिले कम्युनिष्ट पार्टीलाई एकतावद्ध हुन नदिएको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *