नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु्, एक जना गम्भीर
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु्, एक जना गम्भीर
थाङमिचागु डटकम संवाददाता

९ असार, धनगढी । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे१त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको हो ।
दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका-२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए । राति नै उनीहरूको उद्धार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्की पुर्याइएको थियो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको छ ।
कैलाली ट्याक्टर दुर्घटना





