कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु्, एक जना गम्भीर

0Shares

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु्, एक जना गम्भीर

थाङमिचागु डटकम संवाददाता

९ असार, धनगढी । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे१त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको हो ।

दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका-२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए । राति नै उनीहरूको उद्धार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्की पुर्‍याइएको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको छ ।

कैलाली ट्याक्टर दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *