टी-२० विश्वकप: सुपर आठमा ११ ओभरमै जित्यो वेस्ट इण्डिजले अमेरिकालाई

0Shares

टी-२० विश्वकप: सुपर आठमा ११ ओभरमै जित्यो वेस्ट इण्डिजले अमेरिकालाई

थाङमिचागु डटकम संवाददाता

आइसिसी टी-२० विश्वकपमा वेस्ट इण्डिजले अमेरिकामाथि सानदार जित निकालेको छ।

शनिबार बिहान भएको सुपर आठ अन्तर्गतको खेलमा वेस्ट इण्डिजले ५५ बल बाँकी छँदै अमेरिकालाई जितेको हो।

अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इण्डिजले १०.५ ओभरमा १ विकेट मात्रै गुमाएर पूरा गरेको हो।

वेस्ट इण्डिजका ओपनर  शाइ होप ८२ रन बनाएर नट आउट रहे। उनले ३९ बलमा ४ चौका र ८ छक्का हाने।

निकोलस पूरन २७ रन बनाएर नट आउट रहे। उनले १२ बलमा १ चौका र ३ छक्का हाने।

१४ बलमा २ चौका हानेर १५ रन बनाएका जोनसन चार्ल्स अमेरिकाका हर्मित सिंहको बलमा मिलिन्ड कुमारबाट क्याच आउट भएका थिए।

पहिले ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा अल आउट हुँदै १२८ रन जोडेको थियो।

त्यस क्रममा एन्ड्रेस गोसले बनाएको २९ रन सर्वाधिक रह्यो। नितिश कुमारले २०, मिलिन्डकुमारले १९ रन बनाए। अन्य ब्याटरले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ वेस्ट इण्डिजका आन्द्रे रसेल र रोस्टन चेसले ३/३ विकेट लिए भने अल्जारी जोसेफले २ र गुडकेश मोटीले १ विकेट लिए।

जितसँगै सुपर आठको समूह दुईमा रहेको वेस्ट इण्डिज दोस्रो स्थानमा उक्लिएको छ। वेस्ट इण्डिजले अब सुपर आठको अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ।

सुपर आठमा अमेरिकाको यो लगातार दोस्रो हार हो। यसअघि दक्षिण अफ्रिकासँग पराजित भएको अमेरिकाको सेमिफाइन सम्भावना क्षीण बनेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *