चट्याङ लागेर मोरङमा किशोरीको मृत्यु

0Shares

चट्याङ लागेर मोरङमा किशोरीको मृत्यु

थाङमिचागु डटकम संवाददाता

मोरङ । मोरङमा एक जना किशोरीको चट्याङ लागेर मृत्यु भएको छ । रतुवामाइ नगरपालिका-४ झुर्किया बस्ने झरीलाल महतोको छोरी १६ वर्षीया बिपना महतोको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको हो ।

 आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *