मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
एमाले गुल्मीको नयाँ नेतृत्वका लागि मतदान सुरु
एमाले गुल्मीको नयाँ नेतृत्वका लागि मतदान सुरु
थाङमिचागु डटकम संवाददाता

३१ जेठ, गुल्मी । नेकपा एमाले गुल्मीको १२औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको छ ।
मंगलबारबाट सुरु भएको अधिवेशनमा सहमतिबाट नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत हुन लागेको हो ।
मतदानका लागि बेलुकी ६ बजेसम्मको समय निर्धारण गरिएको छ । जिल्ला अध्यक्षसहित पदाधिकारीका सबै पद र केही सदस्य पदमा निर्वाचन हुने भएको छ ।
अध्यक्षमा बालसिंह काउछा र हिरा एसी, उपाध्यक्षमा गणेश श्रीपाली र जीवन खरेल, सचिवमा पदम अर्याल र धर्म विश्वकर्मा र सहसचिवमा ओम कार्की र चक्रबन्धु भुसालले उम्मेदवारी दिएका छन् ।
महिला सहसचिव पदमा लक्ष्मी पन्थको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गोपाल खनालले बताए ।
अधिवेशनमा जिल्लाभरबाट ६१३ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट आगामी ३ वर्षका लागि १०५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जना पदाधिकारी हुनेछन् ।




