मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
सरकारले राजदूतहरू फिर्ता बोलाउने गलत निर्णय गर्यो : कांग्रेस
सरकारले राजदूतहरू फिर्ता बोलाउने गलत निर्णय गर्यो : कांग्रेस
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले विभिन्न देशका राजदूतहरू हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन् ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताएका हुन् ।
प्रवक्ता महतले सरकारले देशको लागि नभई आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाए । सरकारले देशको लागि काम गर्ने नभई आफ्नालाई पठाउन राजदूत फिर्ता बोलाउने निर्णय लिएको उनको भनाई थियो । प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको बताए ।
प्रवक्ता महतले प्रधानमन्त्रीको भारत भ्रमणअघि सो निर्णय लिनु झनै उपयुक्त नभएको प्रतिक्रिया पनि दिए ।




