थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Sunday, June 14, 2026
वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ
वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ
थाङमिचागु डटकम संवददाता
२०८१ जेठ २३ गते १४:४६

२३ जेठ, काठमाडौं । दोलखामा ७७ वर्षीय वृद्धको हत्या गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरे छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान हाँडीगाउँबाट पक्राउ गरेको हो ।
घिमिरेले २० जेठमा दोलखा भिमेश्वर–१ का ७७ वर्षीय झिलकबहादुर विश्वकर्माको हत्या गरेको आरोप लागेको छ ।
घर नजिकैको मकैबारीमा विश्वकर्माको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।




