यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
उपत्यकाको खानेपानीको स्रोत संरक्षणमा दीर्घकालीन योजना बनाउन सांसद सोबिता गौतमको माग
उपत्यकाको खानेपानीको स्रोत संरक्षणमा दीर्घकालीन योजना बनाउन सांसद सोबिता गौतमको माग

थाङमिचागु डटकम संवददाता
२o८१ जेठ २३ बुधबार
रास्वपा सांसद सोबिता गौतमले काठमाडौं उपत्यकाको खानेपानीको स्रोत संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै काठमाडौं उपत्यकामा पानीको समस्याले विकराल रूप लिँदै गरेको बताइन् ।
‘एकैचोटि ठूलो परियोजना मेलम्ची परियोजना आउँछ–आउँछ भनेर काठमाडौंवासीलाई थुमथुमाइराखिएको छ,’ उनले भनिन्, ‘तर, सरकार ध्यानाकर्षण होस् यो परियोजना अघि बढेको तीसौँ वर्ष भइसक्दा पनि काठमाडौंवासीको रिङरोडभित्र मात्रै अलिअलि पानी आउँछ र रिङरोडभन्दा बाहिर अन्य ठाउँका मानिस काकाकुल नै भएर बस्नुपरेको छ अवस्था छ ।’
हालसम्म ट्यांकर तथा जमिनमुनिको पानी प्रयोग गरेर काठमाडौं उपत्यकावासीहरूले पानीको समाधान अलिकति गरिरहेको भन्दै सांसद गौतमले जमिनमुनिको पानी पनि सुक्दै गइरहेको उल्लेख गरिन्।
‘अब पनि सरकार दीर्घकालीन योजना र मध्यकालीन योजना बनाउने कुरामा सचेत हुन सकेन भनेदेखि यसले नसोचेको एकदमै थेग्नै नसक्ने विकराल रूप लिँदै छ भन्ने कुरामा सरकार सचेत होस्,’ उनले भनिन्।
देशैभरि पानीको स्रोत सुकिरहेको भन्दै सांसद गौतमले समयमै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराइन्।





