यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
Sunday, April 26, 2026
राप्रपाको भक्तपुर अध्यक्षमा कार्की निर्वाचित
राप्रपाको भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

थाङमिचागु डटकम संवंदाता
२०८१ जेठ १९ गते
१९ जेठ, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन् ।
पार्टीको शनिबार सम्पन्न नवौँ जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
अध्यक्षमा निर्वाचित कार्कीले १९५ मत पाए भने उनका निकतम प्रतिद्वन्द्वी रामशरण लामिछानेले ९२ मत प्राप्त गरे ।
राप्रपाको पहिलो बैठकले पदाधिकारी तोक्ने र अन्य ६ जना सदस्य मनोनयन गरेर ३१ सदस्यीय जिल्ला कार्य समिति बनाउने निर्णय गरेको राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले जानकारी दिए ।





