राप्रपाको भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

0Shares

राप्रपाको भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

थाङमिचागु डटकम संवंदाता
२०८१ जेठ १९ गते

१९ जेठ, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन् ।

पार्टीको शनिबार सम्पन्न नवौँ जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अध्यक्षमा निर्वाचित कार्कीले १९५ मत पाए भने उनका निकतम प्रतिद्वन्द्वी रामशरण लामिछानेले ९२ मत प्राप्त गरे ।

राप्रपाको पहिलो बैठकले पदाधिकारी तोक्ने र अन्य ६ जना सदस्य मनोनयन गरेर ३१ सदस्यीय जिल्ला कार्य समिति बनाउने निर्णय गरेको राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *