यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
नेपाल राजदूतावास मलेसिया र दाता,एना आरएनए,pncc को सहयोगमा दुई पिडीतको उद्धार ।।।
नेपाल राजदूतावास मलेसिया र दाता,एना आरएनए,pncc को सहयोगमा दुई पिडीतको उद्धार ।।।
नेपाल राजदूतावास मलेसिया र दाता,एना आरएनए,pncc को सहयोगमा दुई पिडीतको उद्धार ।।।
थाङ्मीचागु डटकम सम्बादाता २०८१ बैशाख १६ गते ०६:३०
मलेसियामा लामो समय देखि अवैधानिक बसोबास गरिरहेका दुई पिडीत श्रमिक नेपालीलाई उद्धार गरि स्वदेश फर्काईएको छ । उद्धार हुनेमा जाजारकोटका लोकेन्द्र तिरुवा र अम्बर बहादुर सार्की रहेका छन । उनीहरु बटिक एयरको उडानबाट २७ अप्रिलका दिन स्वदेश फर्किएका हुन ।
अम्बर बहादुर सार्कीको उद्धारका लागि अवैधानिक बसोबास गरे बापत अध्यागमनलाई बुझाउनु पर्ने जरिवाना वापतको रकम किरात याक्थुङ चुम्लुङ मलेसियाको सह–कोषाध्यक्ष आशिष लिम्बूले आफ्नो जन्मदिनको उपलक्ष्यमा प्रदान गरेका थिए ।
त्यसैगरि, हवाई टिकट प्रथम सचिव बलीराम धामीको पहलमा नेपाल राजदूतवासले उपलब्ध गराएको हो । त्यस्तै, लोकेन्द्र तिरुवाको उद्धारका लागि मलेसिया गोर्खा एसोसियसनका अध्यक्ष रोशन राना र हवाई टिकट रावाङमा ब्यवसाय गर्दै बस्नु भएका ब्यवसायी प्रकाश खतिवडाले उपलब्ध गराएको हो ।
आजभन्दा १३ बर्ष अघि ग्लोब कम्पनीमा काम गर्न आएका लोकेन्द्र दुईबर्ष काम गरेपछि कम्पनी छाडेर भागेका थिए । त्यसयता उनी अवैधानिक रुपमा बसोबास गरि काम गर्दै आएका थिए । यद्धपी काम र दामको ब्यवस्थापन गर्न नजान्नले उनी लावारिस झै भएका थिए ।
यहाँसम्म कि उनले निखिलको परिचयमा आफ्नो वास्तविक वतन खुलाउने नाम समेत बिर्सिसकेका थिए । वास्तविक नाम थर समेत बताउन नसक्ने अवस्थामा भेटिएका उनलाई पिएनसिसिको मलेसिया प्रतिनिधि पूर्ण लिम्बूले उद्धार गरेका थिए ।
त्यस्तै, अम्बर बहादुर सार्की सात बर्ष अगाडी पहिलो पटक मलेसिया आएका थिए । नेपालबाट पठाउदा भनिएको कम्पनी भन्दा फरक कम्पनीमा काम दिएको भएपनि उनले सन्तोष पूर्वक पाँच बर्ष काम गरे दुईछुट्टी नेपाल फर्किए । कोभिड पछि कम्पनी सट भयो ।
त्यसपछि उनी कम्पनी छाडेर अवैधानिक बस्न बाध्य भए । पछिल्लो समय काम गर्दै आएको अवस्थामा अचानक स्वास्थ्यमा समस्या भयो । कम्पनीले पनि त्यहिबेला कामबाट निकाली दियो । आपतको अवस्थामा जाने ठाउँ कतै नदेखेपछि उनी दूतवासको सरणमा आईपुगेका थिए ।
उनलाई दूतवासको सिफारिसमा एनआरएनएले सञ्चालन गरेको सेल्टरहाउसले आश्रय दिएको थियो ।
स्वदेश फर्किसकेका उनीहरु दुवैजनाको ट्राभल डकुमेन्ट नेपाल राजदूतवासले निशूल्क जारी गरेको हो ।
भने, कागजी प्रकृया लगायतका सबै किसिमको सहयोग र घरसम्म पु¥याउने ब्यवस्थापन पिएनसिसिले गरेको छ जानकारी pncc मलेसियाको संयोजक पूर्ण लिम्बुले थाङ्मीचागु डट कमलाई बताउनु भएको छ।





