यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको क्षेत्रीय समिति जोहोरको अधिबेशन हुँदै ।।।
नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको क्षेत्रीय समिति जोहोरको अधिबेशन हुदै ।।।
थाङ्मीचागु डटकम सम्बादाता ।
मलेसिया /
नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको क्षेत्रीय समिति जोहोरको अधिबेशन ११ अप्रिल एनआरएन जोहोरको सभाहलमा हुने भएको छ। पुरानो समितिलाई भङ्ग गर्दै अर्जुन सिंह अनुरागिको संयोजकत्वमा १३ सदस्यीय अधिवेशन संयोजक समिति गठन गरिएको हो। समितिका प्रमुख सल्लाहकार टुकेन्द्र लिम्बुको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको मञ्चले प्रेस बिज्ञप्ती जारी गरेर जानकारी दिएको छ।
प्रवासमा रहेका नेपाली श्रमिक माझ लोकप्रिय श्रमिक मैत्री मजदुर संगठन नेपाली जनप्रगतिशिल मञ्चको केन्द्रिय समितीले मलेसियाका श्रमिकहरुको हक हित र अधिकार सम्बन्धि गतिविधि सन २००४ देखि गर्दै आईरहेको छ।
माओवादी केन्द्र प्रती आस्था राख्ने प्रवासी नेपाली श्रमिकलाई एकीकृत गर्ने र नेपाली मजदुरको अधिकार सम्बन्धि आवाज बुलन्द गर्दै नेपाली कुटनैतिक नियोग संग समन्वय गर्दै हाल ६३ भन्दा बढी देशहरुमा आफ्नो गतिविधि संचालन गरिरहेको छ। यो संगठन विशेषगरि माओवादी केन्द्रको अन्तरास्ट्रिय बिभाग अन्तर्गत रहेको छ।





