रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विधेयक प्रमाणीकरण ।।।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विधेयक प्रमाणीकरण ।।।
चैत्र १६, २०८० थाङ्मीचागु डटकम संवाददाता
काठमाडौँ —राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अनुगमन तथा मूल्यांकन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको नेपालको संविधानको धारा १२३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको छ’, राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।