जेसी उमेश यादवको सक्रियतामा सचेतना कार्यक्रम सम्पन्न ।।।

0Shares

जेसी उमेश यादवको सक्रियतामा सचेतना कार्यक्रम सम्पन्न ।।।

थाङ्मी चागु संवाददाता

विनोद मण्डल, फाल्गुन २१ । सिरहाको लहान वाडा नम्बर १ मा रहेको न्यू मनोकामना एजुकेसनल एकेडेमीका फाउन्डर तथा जेसीज वर्ष २०२४ का अध्यक्ष उमेश यादवको सक्रियतामा लहानमा सामाजिक कार्यक्रमले अग्रता लिएको अवस्था रहेको देखिन्छ ।

लहान नगरपालिकाको वडा नं ३ स्थित रहेको प्यारागन स्कुलमा आयोजित कार्यक्रममा फरक फरक ढंगले एकै दिन ट्राफिक सचेतना र लागु औषध दुव्र्यसन विरुद्ध लगायतको सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई जानकारीमुलक प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा सवारी तथा यातायात ऐन २०४९ को दफा १६४ अनुसार ट्राफिक के हो ? , ट्राफिक नियम के हो ? बताउँदै एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्दछ ती सबैलाई ट्राफिक भनिन्छ भनेर व्याख्या गर्दै संभावित दुर्घटनाबाट पैदलयात्रु, सवारीचालक , सवारी साधन लगायतबाट जोगिनु ट्राफिक नियमभित्र पर्ने बताइएको थियो !

कार्यक्रममा विद्यार्थीहरुलाई सडक दुर्घटनाबाट बच्नका लागि ट्राफिक नियमको पालना गर्नुपर्ने ,सवारीसाधन चलाउँदा वा हिँड्दा ट्राफिक संकेतको पहिचान गर्नुपर्ने लगाएतका विषयमा जानकारी गराइएको थियो ।

एकै समयमा आयोजित कार्यक्रममा लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ३ मा परिभाषित गरिएका लागु औषधको बारेमा जानकारी गराउँदै यसबाट बच्नका लागि अपनाइने उपायहरुका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा लागु औषधको दीर्घकालिन असरको बारेमा जानकारी गराउँदै यसको सेवनले समाजलाई दुर्गन्धित अवस्थामा पुगाउने र सामाजिक विकासमा नकारात्मक असर पुगाउने बताईएको थियो ।

आयोजित कार्यक्रममा साईबर अपराध ऐन २०७४ को बारेमा जानकारी गराउँदै नेपालमा सन् १९९० पछिका दिनमा सूचना तथा सञ्चारका क्षेत्रमा आएको व्यापक विकास र विस्तारका कारण यससँग सम्बन्धित विभिन्न अपराध बढ्दै आएको अवस्थामा कम्प्युटरका विभिन्न माध्यमको प्रयोग, पासवर्ड ह्यकिङ, क्रेडिट कार्डको अवैध प्रयोग, अवैध मुद्रा र जाली नोटको प्रयोग, कपिराइट, यौनसम्बन्धी अपराध, सफ्टवेयरको अनाधिकृत प्रयोग र निगरानीदेखि लिएर ठुल्ठूला अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा चर्चा गरिएको थियो ।

लहान सिटी जेसीजको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय लहान र ईलाका प्रहरी कार्यालय लहानको सहजीकरनमा आयोजित कार्यक्रममा करिब ३०० विद्यार्थीहरुलाई चेतना मुलक शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका डि.एस. पी.भोला कुमार भट्ट,लहान सिटी जेसीजका बोर्ड पदाधिकारीहरु, विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु लगायत अन्य व्यक्तित्वहरुको उपस्थितिमा आयोजित कार्यक्रममा सहभागी प्रहरी प्रमूख भट्ट लगायतलाई सम्मान गरिएको थियो ।

आयोजित कार्यक्रमको संयोजकमा खुश्बू जयसवाल रहेको थियो भने पूर्व निर्धारित समय बिहान ११ बजेको समयमा कार्यक्रम सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *