लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा भेटियो दुईवटा शव
2026-09-03चीनबाट आइपुग्यो चार ठूला ड्रोन, उद्धार र राहतका लागि रसुवा पठाइँदै
2026-09-03
वाडा कार्यालय भवनको काम ठप्प ।।।
वाडा कार्यालय भवनको काम ठप्प ।।।

थाङ्मीचागु डटकम सम्बादाता
विनोद मण्डल,फाल्गुन २० । सिरहाको धनगढीमाई १३ मा रहेको नवनिर्मित भवनको फिनिशिङ लगायतको काम बन्द रहेको छ ।
पूर्व पश्चिम राजमार्गको स्थानिय जिरोमाईल चौकदेखि उत्तरमा रहेको वाडा कार्यालय भवनको निर्माण भएतापनि भवनको भित्री भागमा भुई ढलान लगाएत फिनिषिङ लगायतको कामहरू ठप्प रहेको अवस्था रहेको देखिन्छ ।
निर्माणाधीन भवनको परिसरमा कमसल किसिमका अलपत्र अवस्थामा राखिएका इटाहरु जुन भुई ढलानको लागि ल्याइएको बुझिएको छ ।
कमसल किसिमका इटाहरु भवनको भित्रपट्टी भुइँमा समेत राखिएको छ ।
समयमा भवनको काम नहुँदा परिसरमा आवत जावतमा कठिनाई उत्पन्न एकातिर भएको छ भने अर्कोतिर भवन अभावमा वाडा नम्बर १३ को कामकाज प्रभावित हुँदै आएको अवस्था रहेको देखिन्छ ।
निर्माण ठेकेदारप्रति निकाय गम्भीर नहुँदा भवन फिनिशिङमा ढिलाई भएको आम बुझाई रहेको छ ।




