परासीमा व्यापार मेलाको उद्दघाटन ।।।

0Shares

परासीमा व्यापार मेलाको उद्दघाटन ।।।

थाङ्मीचागु डट कम संवाददाता

विनोद मण्डल २०८० फाल्गुन १६ ।

लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सदरमुकाम परासी स्थित हुलाकी राजमार्ग अन्तर्गत बाईपास रोड क्षेत्रमा औद्योगिक मेलाको आज औपचारिक उद्दघाटन गरिएको छ ।

” शान्ति समृद्धि उद्योग र व्यापार : राष्ट्र निर्माणको बलियो आधार ” भन्ने मूल नाराका साथ रामग्राम नगरपालिकाको वाडा नम्बर ५ स्थित बाईपास रोड एरियामा औद्योगिक मेला २०८० शुरू भएको छ ।

मेलामा कृषि ,पर्यटन ,उद्योग ,व्यापार लगाएत सूचना प्रविधिको बृहत प्रदर्शनी गर्दै आयोजित मेला कार्यक्रमका लागि प्रभात फेरि आयोजना गरिएको छ,जहां विभिन्न संघ संस्थाका व्यानर प्रदर्शन गर्दै झाँकीसहित निकालिएको र्यालीले नगर परिक्रमा गर्दै कार्यक्रम स्थलमा पुगेका थिए ।

व्यापार मेलाले गर्दा सदरमुकाम परासी लगायत आसपासका क्षेत्रमा यतिबेला बेहुली झै सिंगारिएको छ ।

नेपाल सरकारका अर्थमन्त्री डा प्रकाश शरण महतद्वारा उद्दघाटन गरिएको छैठो नवलपरासी औद्योगिक मेलामा आयोजक नवलपरासी उद्योग बाणिज्य संघ, सह आयोजक नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ तथा लुम्बिनी प्रदेश संरक्षक रामग्राम नगरपालिका, जिल्ला समवन्य समिति , नेपाल पर्यटन बोर्ड, नारायणी फेयर एगजिभिजन नेपाल लगायतको सहकार्यमा संचालित मेलामा धार्मिक सांस्कृतिक विविधता झल्काउने स्टलहरु एकातिर राखिएको छ भने अर्कोतिर स्थानिय कला संस्कृति झल्काउने स्टलहरु राखिएको आयोजक समितिले जनाएको छ ।

उद्दघाटन कार्यक्रमको शुरुमा मौन धारण पछि राष्ट्रिय गान गाएपछि कार्यक्रम औपचारिक रूपमा अगाडि बढेको थियो ।

आयोजित कार्यक्रममा जिल्लाका प्रमुख व्यक्तित्वहरू , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, राजनीतिकर्मी , पेसाकर्मी,सञ्चारकर्मी लगायतको उपस्थितिमा भएको कार्यक्रममा अतिथिहरुलाई स्वागत सहित सम्मान गरिएको थियो ।

फाल्गुन ३० गतेसम्म चल्ने मेलामा राष्ट्रका विभिन्न ख्याति प्राप्त कलाकारहरुको समेत सहभागिता रहने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *