एजेन्ट होदा ठग मेहबुबलाई चिन्ता ।।।

0Shares

एजेन्ट होदा ठग मेहबुबलाई चिन्ता ।।।

थाङ्मीचागु डटकम सम्बाददाता

माघ २२ । वैदेशिक रोजगारीमा पठाईदिने भन्दै एक जना आफूलाई एजेन्ट भनाउदाले १२ लाख ठगी गरेको पाईएको छ ।

कोसी प्रदेशको सुनसरी जिल्लाको रामनगर भुराहा १ (नागरिकतामा उल्लेख) का नुरुल होदाले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको पाईएको छ ।

वैदेशिक रोजगारीको लागि आवस्यक कागजपत्रहरू तयारी गर्न खप्पिस एजेन्ट होदा वैदेशिक रोजगारीका लागि विभिन्न व्यक्तिहरुलाई उडाउने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाने गरेको र उक्त ठाउँमा वैदेशिक रोजगारीमा जानेहरू पुगेपछि होदा सम्पर्क विहिन हुने गरेको पीडित मो मेहबुबले बताएका छन ।

महोत्तरी जिल्लाको लोहरपट्टी ३ महदैयाका मो मेहबुब आफूलाई एजेन्ट होदाले दुई महिना देखि झुलाई रहेको बताए ।

लिएको पैशा फिर्ता गर्न भनेपछि एजेन्टले सिडियो , डिएस्पी, एसपी लगाएत प्रसासनिक निकाय मेरो खल्तीमा छ ,भन्दै उल्टै कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउन समेत भनेका छन ।

होदाले महबुबसंग वैदेशिक रोजगारी अन्तर्गत शाउँदीको लागि रकम लिएका हुन् ।

होदाले महबुब सहित अन्यलाई काठमाण्डौको एक लजमा हप्तौं दिनसम्म राखेर आलटाल गर्न थाले पछि रहस्य बाहिरिएको हो ।

होदाले विभिन्न जिल्लाका २१ जनासँग ठगी गरेको बुझिएको छ । तर हालसम्म एक जनालाई पनि उडाउन नसकेको उनीमाथि आरोप रहेको छ ।

यतिबेला होदाले आल टाल गर्दै घरी जनकपुरमा पैशा दिन्छु त कहिले बस पार्कमा आउनु भन्दै सबैलाई झुकाउँदै आएको अवस्था रहेको हुनाले निकायले तत्काल नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाउन जरुरी रहेको देखिन्छ ।

(श्रोत पीडितले गुनासो सामाजिक सञ्जाल र फोन मार्फत गरेपछि लेखिएको छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *