तिनकोनी माबिद्धारा विद्यार्थी स्वागत कार्यक्रम ।।।

0Shares

तिनकोनी माबिद्धारा विद्यार्थी स्वागत कार्यक्रम ।।।

२० माघ २०८० सनिश्चवार

थाङ्मीचागु डट कम संवाददाता

सिरहाको धनगढीमाईको तिनकोनि स्थित जनता माविमा नव आगन्तुक बिधार्थीलाई स्वागत गरिएको छ ।

विद्यालयको सभा हलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै बाली बिज्ञान, पशु विज्ञान, कम्प्यूटर ईन्जिनियरिङ,याेग नेचराेथेरापी, बाणिज्य, शिक्षा र विज्ञान संकायको विद्यार्थीहरुलाई विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सञ्जय चौधरी लगाएतका व्यक्तित्वहरुले स्वागत गर्नु भएको हो ।

विद्यालय व्यवस्थापन समितिमा अध्यक्षको रूपमा सञ्जय चौधरीको आगमन भएसँगै विद्यालयमा शैक्षिक वातावरण सकारात्मक रूपमा अगाडि बढिरहेको आम बुझाई रहेको पाईन्छ ।

विद्यालयको पठन पाठन अत्यन्त राम्रो भएपछि जिल्ला बाहिरका विद्यार्थीका लागि उक्त विद्यालय यतिबेला आकर्षणको केन्द्र बन्दै आएको अवस्था रहेको देखिन्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय चौधरीको नियमित अनुगमनले विद्यालयमा अध्ययनरत विद्यार्थी वर्गमा पढाई प्रति जागरूकता बढेको अवस्था रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *