सामाजिक, धार्मिक कार्यमा निरन्तर वडा अध्यक्ष सरोज महतो ।।।

0Shares

सामाजिक, धार्मिक कार्यमा निरन्तर वाडा अध्यक्ष सरोज महतो ।।।

विनोद मण्डल, माघ ९ । सिरहाको धनगढीमाई १० का वाडा अध्यक्ष सरोज महतो सामाजिक कार्यका अतिरिक्त धार्मिक कार्यमा पनि अग्र स्थानमा हुनुहुन्छ ।

स्थानिय स्तरमा आयोजना हुने विभिन्न धार्मिक तथा सामाजिक कार्यहरुमा वाडा अध्यक्ष महतोको सक्रियता पछिल्लो समय बढेको अवस्था रहेको देखिन्छ ।

स्थानिय बजारमा आयोजना हुने धार्मिक कार्यहरुमा उनको सक्रियता सरसफाई लगाएत कलश यात्रा ,शोभा यात्रा तथा धार्मिक अनुष्ठानका लागि बढी हुने गरेको पाइन्छ ।

आफ्ना वाडाको समग्र विकास प्रति वफादार वाडा अध्यक्ष महतोले यसपटकको दशैं तिहारको पावन अवसरमा स्थानिय बजारको सरसफाई र दुर्गा पूजाको लागि समेत आफ्ना सक्रिय भूमिका देखाएका थिए ।

छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको भगवान श्री रामको प्राण प्रतिष्ठाको अवसरमा धनगढीमाई १० स्थित रहेको रामजानकी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यमा उनको सक्रियता पूर्ण भूमिकाको मूल्यांकन गरिएको छ ।

आयोजित कार्यक्रम अन्तर्गत वाडा अध्यक्ष महतो बिहानदेखि धार्मिक र्याली सहित पावन अवसरमा निकालिएको धार्मिक कार्यका लागि दिनभर व्यस्त देखिनु भएको थियो ।

प्राण प्रतिष्ठाको अवसरमा सिरहाको धनगढीमाई १० को धनगढी बजारमा रहेको रामजानकी मन्दिर दिनभरी भरीभराऊ र सजिसजाऊ रहेको देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *