वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना जेल चलान

0Shares

वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना जेल चलान

थाङमिचागु डटकम संवाददाता

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना जेल चलान भएका छन्। वडाध्यक्ष यादवको ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका महोत्तरीको औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल पुर्पक्षका लागि जेल चलान भएका हुन्।

मंगलबार महोत्तरी जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको एकल इजालसले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले अन्नपूर्णलाई जानकारी दिए।

नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा विजयी  भएका मुकेश सवार लु.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकल गत भदौ ९ गतेका दिन बिहानै जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका–८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको र वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो।

घटना शंकास्पद रहेको भन्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले घटनाको अनुसन्धान गर्न सिआइबीको माग गरेका थिए। जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपश्चात् मुकेशको हत्या आरोपमा मुकेशकै साथीहरु सञ्जीव र दिलीपलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *