मलेसियामा अवैधानिक अनलाइन जुवा खेलाउने धन्दामा लागेका चार जना नेपाली पक्राउ !!!

0Shares

मलेसियामा अवैधानिक अनलाइन जुवा खेलाउने धन्दामा लागेका चार जना नेपाली पक्राउ !!!

थाङ्मिचागु डट कम संवाददाता
६ माघ २०८० २०:१०

क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङमा अवस्थित तान्जुङ टोकङबाट अनलाइन जुवा खेलाउने धन्दामा लागेका चार जना नेपाली पक्राउ परेका छन् । टोकस्थित एक अपार्टमेन्टमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले १५ देखि २० हजार रिंगेट नेपाली करिव साढे चार लाखदेखि ६ लाख नेपाली रुपैयाँसम्मको अनलाइन जुवा खेलाउने गरेको पाइएकोले शुक्रवार साझको समयमा अपार्टमेन्टमा छापामारी गरि पक्राउ गरिएको मलेसियन प्रहरीको उत्तर-पूर्वी ओसीपीडी सहायक कम्मर रजलाम एबी हमिदले स्थानीय सञ्चार माध्यम बेरनामालाई बताएको छ ।

मलेसियाको स्थानीय प्रहरी सहायक कम्मर रजलाम जय हमिदले पक्राउ परेका नेपालीहरू २७ देखि ३२ वर्ष उमेर समूहका रहेको बताएका छन् । उनीहरूको नाम र नेपाली ठेगाना भने प्रहरीले खुलाएको छैन ।

प्रारम्भिक अनुसन्धानका आधारमा तीन महिनादेखि भाडामा लिएको भवन परिसरवाट तीन वटा ल्यापटप, एउटा मोडेम, १० बान मोबाइल फोन, कुसी, डेस्क र लेखन सामग्री बरामद गरिएको प्रहरीले बताएको छ। पकाउ परेका नेपालीहरूले

रोजगारीका लागि मलेसिया गएका अन्य नेपाली कामदारहरूलाई टार्गेट गरी कम्प्युटर र मोबाइल फोनमार्फत फेसबुकवाट विभिन्न अनलाइन जुवा खेलाउने सिण्डिकेटको अपराध गरेको मलेसियन प्रहरीले बताएको छ। प्रारम्भिक चरणमा पक्राउ परेका नेपालीहरूको राहदानी साँचो भए- नभएको अध्यागमन विभागमार्फत जांच गर्ने प्रक्रिया शुरु गरिएको पनि मलेसियन प्रहरीले बताएको छ।

साथै चारै जना नेपाली अको क्षेत्रमा काम गर्न मलेसिया गएको, तर तोकिएको काम नपाएपछि सिण्डिकेट गिरोहले मासिक एक हजार पाँच सयदेखि र दुई हजार रिंगेट तलब दिएर अनलाइन जुवा खेलाउने धन्दाका लागि भर्ना गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ ।

प्रहरीले पक्राउ परेका चारै जनालाई गेमिङ हाउस एक्ट १९५३ अनुसार मुद्दा चलाउन तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए‌को मलेसियाको सरकारी अनलाइन बनांमाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *