बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजनको अन्त्येष्टि ।।।

0Shares

बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजनको अन्त्येष्टि ।।।
थाङ्मिचागु डट कम संवाददाता
२०८० पुष १७,

दैलेख ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखको महाबु गाउँपालिका–६ रानीवनका सुजन रावतको अन्त्येष्टि गरिएको छ । मंगलबार श्रीस्थानको आर्यघाटमा सुजनको हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

यसअघि आजै दिउँसो सुजनको शवयात्रा गरिएको थियो । सुजनको शव काठमाडौँबाट सुर्खेतसम्म हवाईजहाज र सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेखको कालीदत्त गुल्म पुर्‍याइएको थियो । गुल्मको गेटदेखि तीन सय मिटर दूरीमा रहेको घरमा पुर्‍याई सुजनको शवयात्रा शुरु भएको हो । शवयात्रामा आफन्तसहित स्थानीयवासीको सहभागिता थियो ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजनसहित अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । सोमबार गृह मन्त्रालयमा चार बुँदे सहमतिपछि परिवारजनले शव बुझेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *