सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
दोलखा मेलुङका एक पुरुष पक्राउ रोमानिया पठाईदिन्छु भनी २१ लाख ठगी गर्ने दोलखा मेलुङका एक पुरुष पक्राउ
दोलखा मेलुङका एक पुरुष पक्राउ
रोमानिया पठाईदिन्छु भनी २१ लाख ठगी गर्ने दोलखा मेलुङका एक पुरुष पक्राउ
बुधबार, पुस १८, २०८०
थाङ्मीचागु डटकम संवाददाता
काठमाडौं । रोमानिया पठाईदिन्छु भनेर ठगी गर्ने दोलखा मेलुङका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नम्बर २ का ५० वर्षिय ढाल बहादुर बुढाथोकी रहेका छन् ।
उनी हाल काठमाडौंको बाङ्गेमुढा बस्दै आएका थिए । उनले मिलन नेपालीसहित १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु भन्दै पटक पटक गरेर २१ लाख ३६ हजार लिएर सम्पर्कविहिन भएका थिए । खोजी गर्ने क्रममा उनलाई प्रहरीले आज काठमाडौंको असनबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बुढाथोकीलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।





