जातिय सदभाव भड्काउने समग्र थाङ्मी समुदायको अपराधी खड्कालाई कारवाहीको माग ।।।

0Shares

जातिय सदभाव भड्काउने समग्र थाङ्मी समुदायको अपराधी खड्कालाई कारवाहीको माग ।।।
थाङ्मीचागु डट कम सम्बादाता
विनोद मण्डल,२०८० पुस १८ । नेपालको संविधान २०७२ बमोजिम भाग १ को धारा ३ अन्तर्गत नेपाललाई बहुजातीय ,बहुभाषिक , बहुधार्मिक , बहुसांस्कृतिक राज्य स्पस्ट रूपमा भनिएको छ ।
सबै जातलाई समान नजरले हेरिएको अवस्थामा सामाजिक सञ्जालमा कुनै पनि जातको बारेमा तथानाम गालि बेइजती गर्नु कानुन विपरीत मानिन्छ ।

दोलखा जिल्लाको विगु गाउँपालिकामा रहेको थामी जातिलाई तल्लो स्तरको शब्दहरू प्रयोग गरेर गाली गर्नु आफैमा लज्जित विषय हो ।

आधुनिक समयमा जातको कुरा उठान गरेर सामाजिक सदभाव खलबलाउने हिसाबले आफूलाई क्षत्री कुलको भन्दै थामी जातिको अपहेलना गर्दै सामाजिक सञ्जालमा एउटा पोष्ट गरिएको छ ।

दोलखा जिल्लाको विगु गाउँपालिका वडा नम्बर ६ आलम्पु निवासी टेक बहादुर खड्काको नाती चन्द्रमोहन खड्काको छोरा विश्वजीत खड्काले आफ्नो फेसबुक पेजमा थामी समुदायप्रति घृणा गर्दै तल्लो स्तरको शब्दहरू प्रयोग गरेर पोस्ट गरेपछि कारवाहीको माग गर्दै नेपाल थामी समाज दोलखा जिल्ला कार्यसमितिले विज्ञप्ती जारी गरेका छन ।

सामाजिक सदभाव बिगार्न खोज्ने सामन्ती चरित्र,शोषक, र आफ्नो हैकम अरुमाथि निरन्तर कायम राख्ने मनसायले लेखेको पोस्टप्रती नेपाल सरकारको तत्काल ध्यानाकर्षण हुन जरुरी एकातिर देखिएको छ भने अर्कोतिर उनलाई तत्काल कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउन समेत आवस्यक रहेको देखिन्छ ।

पढेर प्रतिक्रिया दिनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *