प्रवास भारतको दार्जिलिङमा एक युवाको लडेर मृत्यू ।।।

0Shares

भारतको दार्जिलिङमा एक युवाको लडेर मृत्यू ।।।
थाङ्मीचागु डट कम संवाददाता
सन्तोष ठान्टी थाङ्मी, कार्तिक ३० । भारतको दार्जिलिङमा भाइटीकाको रात भर्याङबाट लडेर एक नेपाली युवाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
कामको शिलशिलामा प्रवासीय जीवन बिताइरहेका करिब ३१ वर्षीय युवा बिकास थामीले टिका थापेर उनी बस्दै आएको घरको भर्याङबाट ओर्लिने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागु घर भई दार्जिलिङमा विगत ५ बर्षदेखि बस्दै आएका थिए ।
उनका दाजुको पनि करिब ८ वर्ष अगाडि दार्जिलिङमै एक पोखरीमा डुबेर मृत्यु भएको थियो ।

घरको एक मात्र छोराको रूपमा रहेको उनको मृत्युले उनका वृद्ध बुबा आमा बहादुरे थामिको घरमा बज्रपात परेको छ ।

नाबालक दुई सन्तानका बुबा रहेको युवकको मृत्युले अत्यन्त नाजुक आर्थिक अवस्थाका थामी परिवार ठूलो पीडा थपिएको छ ।

बुढेसकालका सहारा एक मात्र छोराको मृत्युको खबरले करिब ६५ वर्षीय बुबाको एकातिर सहारा खोसिएको छ भने अर्कोतिर नाबालक दुई सन्तानका मुखको आहारा खोसिएको छ ।
स्वदेशमा रोजगारीको अवस्था नहुँदा दिनानु दिन अकालमा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको अवस्थामा निकायले ध्यान केन्द्रित गर्न जरुरी देखिन्छ ।

दार्जिलिङबाट सुस्मिता सिमिर्स्मीको रिपोर्टिङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *