हातहतियार सहित मानिस पक्राऊ ।।।

0Shares

हातहतियार सहित मानिस पक्राऊ ।।।

विनोद मण्डल, कार्तिक २४ । मधेश प्रदेशको बारामा हतियार सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान करिब ८:०० बजेको समयमा बाराको सिम्रौनगढ न.पा.वडा नं.११ भगवानपुरको ४० वर्षीय उपेन्द्र पटेलको घरबाट प्रहरीले हतियार बरामद गरेको छ ।

पटेलले आफ्नो घर कोठामा अबैध रुपमा हतियार लुकाई छिपाई राखेको गोप्य सूचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी टोलीले घर खानतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको अवस्थामा हतियार फेला परेको थियो ।

फेला परेको हातहतियार र गोलीसहित ५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद हातहतियारहरु
१. रिभाल्वर थान १ (एक) र उक्त हतियारमा प्रयोग हुने गोली थान ७ (सात) ।

२. नलकटुवा पेस्तोल थान १ (एक) र उक्त हतियारमा प्रयोग हुने गोली थान १ (एक) ।

३. KF 12 लेखिएको गोली, जंगी राउण्ड थान २ (दुई) ।

त्यस्तै पक्राऊ परेका व्यक्तिहरू ,
१. जिल्ला बारा सिम्रोनगढ न.पा. वडा नं.११ भगवानपुर बस्ने रुपलाल पटेलको छोरा अं.बर्ष ४० को उपेन्द्र पटेल ।
२. बस्ने निज रुपलाल पटेलको छोरा अं.बर्ष २७ को धिरेन्द्र पटेल ।
३. ढोडा राउतको छोरा अं.बर्ष ६२ को रुपलाल पटेल ।

४. जिल्ला रौतहट बौधीमाई न.पा. वडा नं.२ बस्ने बिन्देश्वरी पटेलको छोरा अं.बर्ष ४४ को राजमंगल पटेल ।
५. ऐ.ऐ.बस्ने पाचु राउतको छोरा अं.बर्ष ८० को सोभा राउत

पक्राऊ परेका सबैको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *