घाइतेको सहयोगमा अस्पतालमा पुगे पाण्डे ।।।

0Shares

घाइतेको सहयोगमा अस्पतालमा पुगे पाण्डे ।।।

विनोद मण्डल,कार्तिक ७ । नवलपरासीको पटखौली जाने बाटोमा पर्ने बैकुण्ठा पुरमा टुटेको पुलमा सवारी दुर्घटनामा परी घाइते भएकाहरुको सहयोगका लागि समाजसेवी रवि पाण्डे तत्काल अस्पताल पुग्नु भएको हो ।

बैकुण्ठापुरस्थित टुटेको पुलमा भएको मोटरसाईकल दुर्घटनामा परी रामग्राम १४ रेक्सहवाका २८ वर्षीय रामाकान्त केवट र सरावल गोबरहियाका १७ वर्षीय ऋतु हरिजन घाईते भएको हो ।

जीर्ण अवस्थामा रहेको पुलमा करिब २७ औ पटक दुर्घटना भएपनि निकाय मौन बसेको अवस्था छ ।

दुर्घटनामा परी घाइते भएको दुवैलाई स्थानियको सहयोगमा एम्बुलेंक्समार्फत परासीस्थित पृथ्वीचन्द्र अस्पताल पुर्याईएको स्थानियलाई उद्दृद् गर्दै रामग्राम गतिविधिले जनाएको छ ।

अस्पतालको आकस्मिक कक्षमा घाईतेहरुको उपचार भइरहेको अवस्था रहेको छ ।

सख्त घाइते भएका व्यक्तिहरू राम्ररी बोल्न सक्ने स्थितिमा नभएको बुझिएको छ ।

अस्पताल पुगेर समाजसेवी पाण्डेले घाईतेहरुको सिग्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहजताका वातावरण मिलाउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *