१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरूको आन्दोलन स्थगित
2026-08-24सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22
पोखरीमा बोरामा शव फेला ।।।
पोखरीमा बोरामा शव फेला ।।।
विनोद मण्डल, असोज १४ । सप्तरी जिल्लाको खड्क नगरपालिकामा बोरा भित्र बाधेको अवस्थाको कुहिएको पुरुषको शव राखी पोखरीमा फालिएको अवस्थामा फेला परेको छ ।
सप्तरीको खडक नगरपालिका वडा न ११ बनाैलीमा हिजो बिहान करिब ८ बजेको समयमा शवको बारेमा स्थानियले ईलाका प्रहरी कार्यालय कल्याणपुर (सप्तरी) लाई खवर गरेपछि पोखरीमा बोराभित्र सडेगलेकाे अवस्थाको एक पुरुषको लास प्रहरीले फेला पारेको छ ।
स्थानीय राम प्रकाश यादवले माछा पालन गर्दै आएका पाेखरीमा अन्दाजी २२ वर्षिय युवकको लास बाेरामा रहेको अवस्थामा पोखरी भित्रवाट प्रहरीले बरामद गरेको हाे ।
पोखरीमा फेला परेको शव दुई टुक्रा गरी दुईवटा बोरामा छुटाछुटै स्थानमा पोखरी भित्र पानीमा गाडेर लासको माथिवाट केजुअल अर्थात् ट्रायक्टरकाे फलामले थिचेको अवस्थामा मानव कङ्काल सहित कुहिएको अवस्थाको शव बरामद गरिएको हो ।
बरामद मानव कङ्रकाललाई प्रहरीले मुचुलका उठाएर पाेस्टमाटमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शव कसको हो भन्ने बारेमा पुष्टि हुन सकेको छैन र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।





