बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24बलात्कार कहिल्यै स्वीकार्य र सामान्य हुन सक्दैन कानूनमन्त्री गौतम
2026-08-24
MNO-DGG प्रबास सभा MLY को औपचारिक भेटघाट कार्यक्रम सप्पन्न ।।।
प्रबास सभाको औपचारिक भेटघाट कार्यक्रम सप्पन्न ।।।
भदौ १८ । राज्यको एकात्मक शासन प्रणालीको विरोधमा मंगोल प्रबास संगठनले समसामायिक विषय वस्तुहरूमाथिको छलफलका लागि भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका मलेसिया स्थित विभिन्न कम्पनीहरुमा कार्यरत मंगोल समुदायका सदस्यहरूले नेपालको राज्य व्यवस्थाले मगोलप्रती गर्दै आएका विभेदकारी सासन व्यवस्थाको बारेमा छलफल गरिएको बुझिएको छ ।

MNO-DGG का सयोजक Gb गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी सबैलाई राज्यको शासन प्रणालीले मंगोलमाथि गर्दै आएको विभेदको बारेमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा राज्य व्यवस्थाले दिएको पीडासँग कसरी सजग हुँदै लडने भन्ने विषयमा संगठनका पुर्व कोषाध्यक्ष तथा हालका सल्लाहकार सन्तोष ठान्टी थाङ्मीले समेत प्रशिक्षित गर्नु भएको थियो ।

प्रबाससभा मलेसियाको सचिव डम्बर राईको उद्घोषणमा संचालित कार्यक्रममा नया सदस्यता वितरण गर्दै सहभागी सबैले आफ्ना आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा संगठनका पुर्व सचिव भीमबहादुर राईले स्वागत मन्तब्य राखेका थिए ।






