विगु गाउँपालिका ८ खोपाचागुमा देखियो लम्पी स्क्रिन रोग ।।।

0Shares

विगु गाउँपालिका ८ खोपाचागुमा देखियो लम्पी स्क्रिन रोग ।।।

भदौ १० । दोलखा जिल्लाको वाडा नंबर ८ खोपाचागु साबिक १-२ थाङ्मीचागुमा पशुजन्य रोग देखा परेको अवस्था रहेको पाइन्छ । टोल बस्तिमा रहेको चौपायाहरुमा देखा परेको रोग प्रति स्थानिय पालिका उदासीन बनेको अवस्था छ ।

प्रत्येक घरमा रोगले ग्रसित पशुहरूको अवस्था चिन्ताजनक भएपनि हालसम्म कुनै रोग निदानको प्रयास भएको छैन । रोगको बारेमा स्थानिय जनप्रतिनिधिहरुलाई फोनबाट र मौखिक भेटघाटमा जानकारी गराउँदा पनि सुनुवाई भएको छैन ।

सर्वप्रथम सन् १९२९ मा अफ्रिका महादेशको जाम्बियामा देखा परेको यो रोग सन् १९८९ मा ईजरायलमा समेत देखिएको थियो । विशेषगरी सन् २०१२ पछि धेरै देशमा यो रोग महामारीका रूपमा फैलिन थालेको हो ।

यो रोग मुख्यगरी लामखुट्टे, झिँगा, किर्ना आदिका टोकाइका माध्यमबाट सर्ने गर्छ । यस रोगबाट बिरामी परेका पशुहरुमा उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण शरीरका विभिन्न भागमा देखिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *