जनताको गुनासो सुन्दै मेयर चौधरी ।।।

0Shares

जनताको गुनासो सुन्दै मेयर चौधरी ।।।

विनोद मण्डल, भदौ ७ लहान । सिरहाको लहान नगरपालिका वडा नं २४ मा रहेको गोविन्दपुर मलहनमामा पुगेर लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले लहान नगर बिकास कोषबाट ५० लाख बजेट दिने घोषणा गर्नु भएको छ ।

लहानको दुर्गम क्षेत्रका रूपमा रहेको खप्टे डाँडा पछिको विकासमा पछि परेको उक्त ठाँउमा विकासको लागि मेयर चौधरीले घोषणा गरेपछि स्थानिय खुशी भएका छन ।

लहान नगर प्रमूख चौधरीले बिहीबार स्थानीयहरुसँग भेटेर मन्दिर र पिपिसी सडक निर्माणका लागि वडाकाे बजेट हाेइन नगर कोषबाट बिकास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

स्थानीयले मेयर चौधरीलाई गुनासो राख्दै भने ” खानेपानी छैन , सरे खोलाले वर्षेनी जग्गा कटान गर्दैछ । बाटोघाटो छैन , साविक विष्णुपुरकट्टी ७ र मलहनमा ९ आवत जावतको लागि बाटो छैन , वाडाको उत्तरी क्षेत्रमा रहेको बोर्डिङ हालसम्म सञ्चालन छैन ” लगायतका गुनासो मेयर चौधरीलाई स्थानीयले राखेपछि मेयर चौधरीले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

लहान नगरको सवभन्दा बढी जनसंख्या र क्षेत्रफल भएको वाडा न २४ मा खानेपानीको लागि १८ वटा इनार रहेको भएपनि कतिपय जीर्ण अवस्थामा रहेको स्थानीयले गुनासो राखे ।

स्थानीयले गुनासोको क्रममा भसुवा भमुरे, काभ्रेमा बर्ष भरी बाटाेकाे काम नगरले गरे तर वडा २४ मा कुनै काम नगरेको जस्ता जनगुनासोलाई मेयर चौधरीले सकारात्मक रूपमा लिँदै ” कोरोनाको बिकराल समयमा संगिता कर्माचार्यकै अश्वासन पूरा गर्न र जनसमुदायको माग अनुसार दश लाखको बजेटबाट शिव मन्दिर र नगर बिकासको ४० लाखको बजेटबाट पिपिसी ढलान शुरु गर्ने घोषणा गर्दा स्थानीय हर्शित भएको थियो ।

यो सँगै लहान नगर प्रमुख महेश प्रसाद चौधरीले एलानिमा बसेका दलित विपन्न मुसहर समुदायका लागि एलानी जग्गामा एकै ठाउमा २० वटा आकर्षक घर बनाई बस्ती बसाउने घोषणा समेत गर्नुभएको छ ।

समग्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाईँ, रोजगारी सहितको विषयमा प्रयास रहने अस्वाशन मेयर चौधरीले स्थानीयलाई दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *