मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
र्यालीसहित सुजाता शाहको रिहाई अभियान ।।।
र्यालीसहित सुजाता शाहको रिहाई अभियान ।।।
विनोद मण्डल, भदौ २ । सिरहाको सदरमुकाम सिरहामा सुजाता शाहको रिहाईको लागि र्यालीसहित जुलुस प्रर्दशन गरिएको छ ।
अनुचित लेनदेन (मिटर ब्याज)को नाममा झुठा मुद्दा गरी गिरीफदार गरिएकी भनिएकी सुजाता शाहलाई रिहाईको माग गर्दै पीडित लेनदेन संघर्ष समिति सिरहाले नारासहितको जुलुस प्रर्दशन गरेका हुन ।
विभिन्न पालिकाहरुबाट सदरमुकाम पुगेर जुलुशमा सहभागी सबैले हातमा प्ले कार्ड बोकेर नारा लगाउँदै जिल्ला अदालत सिराहा अगाडि, जिल्ला प्रहरी कार्यालय अगाडि र जिल्ला प्रशासन कार्यालय सिराहा अगाडि पुगेर नारासहित रिहाईको माग गरेका थिए ।
प्रहरी हिरासतमा रहेकी सिरहाको मिर्चैया नगरपालिका वाडा न ६ की ३५ वर्षीया सुजाता साहलाई मिटर ब्याजको आरोपमा मिर्चैया नगरपालिका वडा नं ५ की ममता देवी रायले दर्ता गराएको मुद्दामा साहलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको हो ।
उनलाई अनुचित लेनदेन कसुरको शिलशिलामा प्रहरी हिरासतमा मुलुकी फौजदारी कार्यबिधि (सहिता ऐन) २०७४ को दफा १३ को उपदफा २ बमोजिम प्रहरी हिरासतमा अनुसन्धानका लागि राखिएको बुझिएको छ ।
संघर्ष समितिका जिल्ला अध्यक्ष धनेश्वर यादवको नेतृत्वमा उल्लेखनीय संख्यामा रिहाईको लागि सदरमुकाम सिराहा पुगेका सबैले सुजाता साहको रिहाईको लागि प्रदर्शन गरेको संघर्ष समितिले जनाएको छ ।





