मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
सामाजिक सद्भाव भड्काउने नेपाली समाजमा साम्प्रदायिकता ल्याउनु खोज्ने पूर्वसचिव भीम उपाध्याय बाहुन विरुद्ध चितवन प्रहरीमा मानहानिको उजुरी दर्ता !!!
पूर्वसचिव भीम उपाध्यायविरुद्ध चितवन प्रहरीमा मानहानिको उजुरी दर्ता
चितवन । पूर्वसचिव भीम उपाध्यायविरूद्ध चितवन प्रहरीमा उजुरी दर्ता भएको छ । करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडिओलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट मानहानि र चरित्रहत्या गरेको भन्दै भरतपुर-१६ , की पूर्णिमाया गुरूङले बिहीबार चितवन प्रहरीमा उजुरी दिएकी हुन् ।
आफ्नो तस्बिर अनधिकृतरूपमा सामाजिक सञ्जालमा तस्बिर राखेर चरित्रहत्या गरिएकाले उनलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न प्रहरीमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गरिएको हो । भीम उपाध्यायले ती महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट गरेका थिए ।
पूर्णिमाले रमाइलोको लागि आफूले टिकटकमा राखेको भिडिओलाई स्क्रिन सट गरेर उपाध्यायले बेइज्जती गरेको र आफूमाथि गाली आइरहेको बताइन् । त्यसबाट आफू र परिवारलाई नै मानसिक यातना भएको उनले बताइन् । उपाध्यायसँगै फेसबुकमा सन्तोष रिजाल ठेगाना कैलाली भएका व्यक्तिविरूद्ध पनि उनले प्रहरीमा उजुरी दिएकी छन् ।
उनको तस्बिरमा हड्डीबाट मासु तानेर खाइरहेको जस्तो देखिन्छ । गुरुङका अनुसार साढे दुई वर्षअगाडि आफन्तको भोजमा सहभागी हुँदाको तनहुँमा लिइएको तस्बिर हो । उनीहरूले राँगाको मासु खाएका थिए । गुरूङ समुदायको भोजभतेरमा खसीबोका र राँगा अनिवार्य हुन्छ ।
घटनाबारे चितवन प्रहरीमा उजुरी दर्ता भइसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले अनुसन्धान गरेर कानूनी प्रकृयामा जाने जानकारी दिए ।





