वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार बनाउन अन्तर्राष्ट्रिय समुदायसँग अर्थमन्त्रीले मागे सहयोग

0Shares

वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार बनाउन अन्तर्राष्ट्रिय समुदायसँग अर्थमन्त्रीले मागे सहयोग

७ भदौ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वन्यजन्तु आवातजावतमैत्री पूर्वाधार बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा भाग लिँदै उनले नेपालमा मानव र जंगली जनावरबीच द्वन्द्वको सिर्जना भएको र यसबाट धनजनको क्षति तथा यसका लागि नेपालले ठूलो स्रोत साधन खर्च गर्नु परेको बताए ।

मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणको लागि सडक लगायतका पूर्वाधार निर्माणमा वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार निर्माणको साथै मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायहरूका लागि जोखिम बीमा तथा स्वरोजगार एवम् आय आर्जनका लागि अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धिको बारेमा प्रकाश पारेका थिए । मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुर्‍याएको, पछिल्लो दशकमा बाघको संख्यामा तेब्बर वृद्धि तथा गैंडाको संख्यामा झण्डै दोब्बर वृद्धि भएको जानकारी दिए ।

क्यानाडाको भ्यानकुभरमा आयोजित सम्मेलनमा सहभागी हुँदै उनले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफल गरेका हुन् । सो अवसरमा विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघकी निर्देशक डा. ग्रेथल अग्वीलरसँग जलवायु परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामना गर्नुपरेका चुनौतीहरू एवम् त्यसको न्यूनीकरण गर्ने उपायहरूको बारेमा छलफल गरेका हुन् ।

त्यस क्रममा नेपाललाई सीप तथा क्षमता विकासका साथै वित्तीय स्रोतको आवश्यकता रहेको विषय पनि उनले उल्लेख गरे । वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्त हुने गरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नु पर्नेमा जोड दिंदै यस्ता कार्यक्रमहरुले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७ औं विश्व सम्मेलनमा ८३ देशका मन्त्रीहरू तथा १८५ देशमा प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनको समापन अगस्ट २५ मा हुनेछ ।

डा. प्रकाशशरण महत

The Foreign Minister of Nepal, Dr. Prakash Sharan Mahat meeting the Minister of State for Power, Coal, New and Renewable Energy and Mines (Independent Charge), Shri Piyush Goyal, in New Delhi on September 12, 2016.

Leave a Reply

Your email address will not be published. Required fields are marked *