मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
प्रहरी भन्छ : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठग्ने क्रम बढ्यो
प्रहरी भन्छ : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठग्ने क्रम बढ्यो
७ भदौ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले गठिनबाट जोगिन नागरिकहरु सचेत हुनुपर्ने बताए ।
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्ने समस्या अहिले आएका छन्,’ उनले भने, ‘एक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगी गर्नेहरुको संख्या पनि ठूलो छ ।’
गत वर्षको माघदेखि यसवर्षको असारको मसान्तसम्म काठमाडौं प्रहरीमा ८ हजार ९२३ वटा मुद्दा दर्ता भएको जानकारी दिँदै उनले ५ हजार ९४० जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको बताए ।
साइबर शाखामा ३३२ वटा निवेदन प्राप्त भएको उनले बताए ।
पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाएर ठग्ने क्रम पनि बढेको भन्दै सचेत रहन उनले आग्रह गरे ।
उनले मोबाइल चोरीको निवेदन पनि पछिल्लो समय बढ्दै गइरहेको बताए ।
दानबहादुर कार्की वैदेशिक रोजगारी





