मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
गाईकसलेखान्थे .?रमेश थाङ्मी छडके सलाम
रमेश थाङ्मी छडके सलाम
गाईकसलेखान्थे

राजा रन्तिदेवको कथा महाभारत शान्तिपर्व र वनपर्वमा उल्लेख छ। हामी यसबारे पनि जानि राखौँ।
“राज्ञो महान् से पूर्व रन्तीदेवस्य वै व्दिज।
अहन्यहनि व्रध्यते व्दे सहरत्रे गवां तथा।“
“समांसं ददतो ह्यन्नम् रन्तीदेवस्य नित्यश:।
अतुला किर्तिरभन्नृवपस्य व्दिजसतम!” (वन पर्व, २०८:८-१०)
“महानदी चर्मराशेरुक्लेदात् संसृजे यत:।
ततश्चर्मण्वतीत्यवं विख्याता सा महानदी।” (शान्ति पर्व २९-१२३)
भावर्थ: ब्राह्मण सँस्कृतिका छोरा, तर स्वत: राजा रन्तीदेव आफ्ना अतिथि सेवाको निम्ति प्रसिद्ध थिए। उनी सत्य युगका सोह्रो महान राजाहरूमा गनिएका थिए। रन्तीदेवको भोजनालयमा प्रतिदिन दुई हजार गाई वध गरिन्थ्यो। गाईको आलो चर्म (छाला) भान्सा घरमा राखिन्थ्यो, त्यही आलो, चिलो छालादेखि चुहिएको पानी बग्दै बग्दै एक सानो खोलाको रुप लिन पुग्छ। र अन्तमा त्यस नदीको नाउ चर्मवती (छालाबाट उत्पन्न भएको नदी) हुनजान्छ। त्यही नदीको शिरलाई नै चम्बल घाँटी (चम्बेदा) पनि भनिन्छ। प्राचिन महाभारतमा अथवा पाचौँ वेदमा यसरी गोमांस भक्षणको उल्लेख पाइन्छ।
“सांस्कृति रन्तीदेवं च मृतं सञ्जय! शुश्रुम।
आसन व्दिशत्साहास्रा तस्य सूदा महात्मन:।
गृहानभ्यागतान् विप्रान् अतिथिन् परिवेषका:। (द्रोणपर्व ६७:१-२)
“तन्त्र स्म सूदा: क्रोशान्ति सुमृस्टमणि कुण्डला:।
सुपं भूयिष्टमश्नीध्वं नाद्य भोज्यं यथा पुरा।।” (शान्ति पर्व २७-२८)
भावार्थ: रन्तीदेवको भान्सामा भोजन बनाउने भान्सेहरू प्राय: दुई हजार जना थिए। ब्राह्मण अतिथिहरूको धुइरो यतिसारो लाग्थ्यो कि भान्सेहरूलाई मासु पुर्याउन कठिन परेर “दया गरी आज सुप मात्र ग्रहण गर्नुहोस्” भनी अनुरोध गर्नु पर्थ्यो” (वेदान्तलाई नियाल्दा ख्रीष्ट येशूको दर्शन, पृष्ठ: १६-१८)।




