कविताको शिर्षक : क्रान्ति.डम्बर थामी ‘अनुपम’

0Shares
  • डम्बर थामी ‘अनुपम’

कविताको शिर्षक : क्रान्ति
– डम्बर थामी ‘अनुपम’

क्रान्तिमा
बुद्धि-विवेकको
उच्चातिउच्च संयोजन हुन्छ
आवेगीय गगनभेदी गर्जन हुन्छ
प्रत्येक अक्षर र शब्दहरुबाट
भोका नाङ्गाहरुको
शोषित पीडितहरुको
रगतका थोपाहरु चुहिन्छ
त्यसले विशालाकाशको
नीलिमालाई पनि
क्षणभरमै रातो पारीदिन्छ
क्रान्तिलो रङ्ग कहिल्यै बदलिंदैन
सम्भ्रान्तहरुलाई क्रान्ति चाहिँदैन
१ अगस्ट २०२३, पराईभूमी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *