मुलबासी थाङ्गी समुदायले मनाए उभौली भुम्या पर्व ।।।

0Shares

मुलबासी थाङ्गी समुदायले मनाए उभौली भुम्या पर्व ।।।

सन्तोष ठान्टी थाङ्मी २०८० बैशाख २२।

थाङ्मी भाषा , धर्म ,सांस्कृतिक बिकास प्रवर्धन हाम्रो अभियान ” भन्ने मूल नाराका साथ थाङ्मी समुदायले दोलखाको बिगु ८ थाङ्मीचागुमा उभौली  पर्वको रूपमा परिचित भूम्या पर्व मनाउँदै एकापसमा खुशीयाली र शुभकामना आदानप्रदान गरेका छन् ।

निको युगान्तकारी थाङ्मीचागु यूवा मंच र थाङ्मीचागु कल्याणकारी युवा कल्वको संयुुक्त आयोजनामा गरेको कार्यक्रममा युवा कल्वको अध्यक्ष बिक्रम ठान्टी  थाङ्गिको अध्यक्षतामा ।

आयोजीत कार्यक्रमा प्रमुख अथिति बागमती प्रदेश संसद सदस्य मानवीय ठुला थाङ्मी ज्यु विशेष अथिती   बिगु गाउँपालिकाका उपप्रमुख देबिका थाङ्मी ज्यु रहनु भएको थियो ।

कार्यक्रमको उद्घाघाटन थाङ्मी गुरु आप्पाहरुले थाङ्मी समुदायको इतिहास र सभ्यता संग जोडिएको ऐतिहासिक  टाके बजाएर गरेका थिए ।

कार्यक्रममा थाङ्गि समुदायको धर्म र संस्कृतिको जगेर्ना आजको आवश्यकता रहेको प्रदेश संसद ज्यु सम्पूर्ण उपस्थित समुदायलाई प्रशिक्षण साथै सन्देश र शुभकामना पनि दिनु भएको छ  ।

कार्यक्रममा थाङ्मीचागु समग्र थाङ्मी  समुदायको सभ्यताको खानी  देवा भुमी त्व्पो भुमी रहेको नेपाल थाङ्मी समाज जिल्ला सभा दोल्खाको अध्यक्ष ज्युले बताउनुभयो ।

कार्यक्रममा २१ सौ शताब्दीको मनिषहरुको लेबलमा बराबर हुनुको लागि ।समुदायले पहिलो चरणमा आफ्नो समुदायको अस्तित्व सभ्यता पहिचानको खोजी गर्नुको साथै अध्यन अनुसन्धान गर्नु र गरेरमात्र हुदैन ।

समुदायको बीचमा र आफ्नो भौतिक जिबनमा पनि व्यबहारमा गर्नुपर्ने जरुरी रहेको,निको युगान्तकारी थाङ्मीचागु युवा मंचको संस्थापक , सन्तोष ठान्टी थाङ्मी ज्युले भिडियो च्याटबाट महत्त्वपूर्ण सन्देश सहित सम्पूर्ण    उपस्थित समुदाय र सिङ्गो देश बासीलाई शुभकामना दिनु भयो  ।

कार्यक्रममा विभिन्न छेत्र विभिन्न तह बाट प्रतिनिधित्व गर्नु भएको वक्ताहरुले बोल्दै राज्यको ध्यान थाङ्मी समुदायको शिक्षा र विकास र सास्कृतिक क्रान्ति  नपुगेको भन्दै यस समुदायको विकासको लागि राज्यले गम्भीर हुने बेला आएको बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय थाङ्मी कलाकार , रमण थाङ्मी , शेखर थाङ्मी  लगायतको टिमले विभिन्न सास्कृतिक र”थाङ्मी समुदायको खामबाट गित गाएर उपस्थित जन समुदायहरुलाइ भर्पुर मनोरञ्जन साथै शुभकामना आदानप्रदान गर्नु भएको छ ।

श्री कालिन्चोक माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष लालबहादुर ठान्टी थाङ्मी ज्यु को  उद्घोषणमा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब ६०० थाङ्मी समुदायको सहभागिता रहेको कल्याणकारी थाङ्मीचागु युवा कल्वको अध्यक्ष बिक्रम ठान्टी  थाङ्मी ज्युले जानकारी दिनु भएको  छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *